जनताको चाहना देशको चाबी माओवादीको हातमा होस् : प्रचण्ड

डिसी नेपाल
३० भदौ २०७९ ११:४१
60
Shares

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको चाबी माओवादीको हातमा होस् भन्ने जनताको चाहना रहेको बताएका छन्। पोस्टबहादुर बोगटीको स्मृति दिवसमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनबाट देशको चाबी माओवादीको हातमा होस् भन्ने चाहना जनताले देखाएको दाबी गरेका हुन्।

तर, यसका लागि माओवादीका नेताहरुबीचको एकता आवश्यकता पर्ने प्रचण्डको भनाइ छ। गत स्थानीय तह निर्वाचनमा आन्तरिक रुपमा एकता हुन नसक्दा नतिजा राम्रो आउन नसकेको बताएका उनले आसन्न निर्वाचनमा नेताहरु एकजुट भएर जानुपर्ने बताए।

देशको राजनीति आफूमा केन्द्रित हुने गरेकाले कहिलेकाहीँ आफू सौभाग्यशाली हुँ कि अभागी भन्ने लाग्ने गरेको प्रचण्डको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.