संसद अन्त्यको सिफारिस गर्ने सरकारको तयारी
काठमाडौं । सरकारले प्रतिनिधिसभाको कार्यकाल भोलि शनिबार मध्यरातिदेखि अन्त्य गर्ने तयारी गरेको छ। त्यसका लागि केहीबेरमा मन्त्रिपरिषदको बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ११ बजे बैठक बोलाइएको छ।
आजको बैठकले संघीय संसद्को ११ औं अधिवेशन अन्त्यको सिफारिस गर्ने तयारी गरेको एक मन्त्रीले जनाकारी दिए।
‘सरकारले संसद्को कार्यकाल लम्ब्याउन लागेको गलत सन्देश गएकाले समानुपातिकको बन्दसूची बुझाउने अघिल्लो दिनबाटै राष्ट्रपतिसमक्ष संसद् अधिवेशन अन्त्यको सिफारिस गर्न लागिएको हो,’ ती मन्त्रीले भने।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment