ब्राउन सुगरसहित चौधरी पक्राउ

डिसी नेपाल
३१ भदौ २०७९ १२:४०
112
Shares

नेपालगञ्ज । प्रहरीले ब्राउन सुगरसहित १ जनालाई पक्राउ गरेको छ। प्रहरीले भारतबाट आउँदै गरेका खजुरा गाउँपालिका–४, एलगाउँका २९ वर्षीय आशिष चौधरीलाई ४ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

चौधरी भारतबाट पैदल आइरहेका थिए। प्रहरीले शंका लागेर जाँच गर्दा उनको साथबाट कालो प्लाष्टिकमा पोका बनाइराखेको पाँच पोका ब्राउन सुगर फेला परेको थियो।

प्रहरीले चौधरीका बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ। सीमावर्ती भारतीय बजारमा सहजै पाइने ब्राउन सुगर नेपालगञ्ज हुँदै देशको विभिन्न सहरमा पुग्ने गरेको पाइन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *