पुटिनले युक्रेन युद्धलाई लिएर चीनको चासोहरू के-के छन् भन्ने बताए
काठमाडौं । भ्लादिमिर पुटिन र सी जिनपिङको सांघाई सहयोग संगठनको बैठकमा पुटिनले युक्रेनमाथिको युद्धमा चीनको चासोलाई औंल्याएका छन् । पुटिनले युक्रेन संकटमा चीनको “चिन्ता” बुझेको बताएका छन्।
पुटिनले “सन्तुलित अडान” कायम राखेकोमा चीनलाई धन्यवाद पनि दिए र “एकध्रुवीय विश्व निर्माण गर्ने अमेरिकी प्रयासहरू” असफल हुने बताए। जिनपिङले चीन रुससँग ‘महाशक्ति’ जस्तै काम गर्न इच्छुक रहेको बताए ।
चीनले रुसको आक्रमणलाई खुलेर समर्थन गरेको छैन तर रुससँगको व्यापार बढेको छ र सम्बन्धमा सुधार आएको छ । पुटिन र जिनपिङबीच यसअघि बेइजिङमा भएको शीतकालीन ओलम्पिकमा भेट भएको थियो।
युक्रेनका विभिन्न क्षेत्रमा रुसी सेनाले आफ्नो शक्ति गुमाउँदै गएका बेला साङ्घाई सहयोग संगठन (एससीओ) बैठकको छेउमा यी दुई नेताबीच भेट भएको हो ।
“हामी युक्रेन संकटमा हाम्रा चिनियाँ साथीहरूको सन्तुलित अडानलाई उच्च सम्मान गर्छौं र उनीहरूले युक्रेनको स्थितिमा चीनको ‘प्रश्न र चासो’ बुझ्छन्,” पुटिनले सीलाई भने।
चीनद्वारा जारी प्रेस विज्ञप्तिअनुसार पुटिनले भने, ‘विश्वभर धेरै परिवर्तनहरू भइरहेका छन्, तर परिवर्तन नभएको एउटा कुरा रुस र चीनबीचको मित्रता हो। रुस र चीनबीचको साझेदारी पहाडजस्तै बलियो छ । रुस र चीन दुवैले समान र राम्रो अन्तर्राष्ट्रिय परिस्थितिको लागि काम गरिरहेका छन् र यो अन्तर्राष्ट्रिय सम्बन्धको लागि उदाहरण हो।’
रुस एक चीन नीतिको पक्षमा रहेको र चीनको मामिलामा अन्य देशको हस्तक्षेपको निन्दा गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।







डिसी नेपाल







Facebook Comment