अविरल वर्षापछिको पहिरोः एकै परिवारका ९ जना बेपत्ता
सांकेतिक तस्वीर
साफेबगर । अछामको तुर्माखाँद गाउँपालिका–५ काडाचौरमा शनिबार बिहान ४ बजे पहिरोले २ घर पुर्दा एकै परिवारका ९ जना बेपत्ता भएका छन् । अविरल रुपमा परेको पानीका कारण पहिरोभित्र केही शव देखिएको स्थानीयले बताएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी नारायण डागिले बताए ।
४ दिनदेखि निरन्तर आएको बर्षाले बाटो अबरुद्ध भएका कारण प्रहरी घटना स्थल पुग्न नसकेको डिएसपी डागिले बताए । यस्तै, जिल्लाको ढकारी गाउँपालिका–६ सिमानेमा स्थानीय हर्क ब बुढाको घर पहिरोले भत्किदा १ जनाको मृत्यु २ जना घाइते छन।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment