फोर्ब्सको धनी सूचीमा गौतम अडानी दोस्रो स्थानमा पुगे

डिसी नेपाल
१ असोज २०७९ १०:१५
156
Shares

काठमाडौं । भारतीय उद्योगपति गौतम अडानी शुक्रबार फ्रान्सको एलभीएमएच बर्नार्ड अर्नाल्टलाई पछि पार्दै विश्वको दोस्रो धनी व्यक्ति बनेका छन्।

एलन मस्क अझै पहिलो नम्बरमा छन् । दोस्रोमा गौतम अडानी, तेस्रोमा बर्नार्ड अर्नाल्ट, चौथो नम्बरमा जेफ बेजोस र पाँचौं नम्बरमा बिल गेट्स छन् ।

गौतम अडानी र परिवारको कुल सम्पत्ति १५४.६ बिलियन डलर छ। स्पेसएक्स र टेस्लाका सीईओ एलोन मस्कको कुल सम्पत्ति २७३.५ बिलियन डलर छ। योसँगै मुकेश अम्बानी ९२.१ बिलियन डलरको कुल सम्पत्तिका साथ आठौं स्थानमा छन् ।

घरायसी खाद्यान्नदेखि कोइला खानी, रेलमार्ग, विमानस्थल, बन्दरगाहदेखि विद्युत् उत्पादनसम्म, दर्जनौं व्यवसाय छन् जहाँ गौतम अडानीको ठूलो दबदबा छ।

हालै गौतम अडानीको नियन्त्रणमा रहेको अदानी समूहले मिडिया कम्पनी एनडीटिभीको २९ दशमलव १८ प्रतिशत सेयर अप्रत्यक्ष रूपमा किनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *