चीनको प्रतिनिधिमण्डललाई महारानी एलिजाबेथको अन्तिम दर्शन गर्न प्रतिबन्ध लगाइयो

डिसी नेपाल
१ असोज २०७९ १०:४५
184
Shares

काठमाडौं । बेलायती संसदीय स्रोतका अनुसार चिनियाँ सरकारी प्रतिनिधिमण्डललाई महारानी एलिजाबेथ द्वितीयको पार्थिव शरीरको अन्तिम दर्शन गर्न जानबाट रोक लगाइएको छ।

हाउस अफ कमन्सका सभामुख लिन्डसे होयलले चिनियाँ प्रतिनिधिमण्डललाई महारानीको शव भेट्न अनुमति दिन अस्वीकार गरेकी छिन् । चीनले पाँच सांसद र अन्य दुईमाथि लगाएको प्रतिबन्धका कारण यो अनिमति नदिइएको हो ।

अर्कोतर्फ चीनले महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुने वा नहुनेबारे विचार गरिरहेको जनाएको छ ।

हालसम्म रानीको अन्त्येष्टि कार्यक्रममा चीनका केही उच्च अधिकारी सहभागी हुन सक्ने अनुमान गरिएको छ ।

यद्यपि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले शुक्रबार यस विषयमा कुनै निर्णय नभएको बताएका छन् ।

चिनियाँ प्रतिनिधिमण्डलमाथि वेस्टमिन्स्टर हलले लगाएको प्रतिबन्धका सम्बन्धमा उनले अहिलेसम्म यसबारे प्रतिवेदन नदेखेको बताए ।

“बेलायत, एक आयोजकको रूपमा, पक्कै पनि कूटनीतिक प्रोटोकल र अतिथिहरूलाई स्वागत गर्ने उचित नियमहरूसँग परिचित हुनेछ,” उनले भने।

हाउस अफ कमन्सका सभामुख लिन्डसे होइलले सुरक्षा मामिलाहरू उल्लेख गर्दै यस विषयमा टिप्पणी गर्न अस्वीकार गरे।

यता, प्रधानमन्त्री निवासका प्रवक्ताले भने यो विषय संसदको क्षेत्राधिकारमा आएको भन्दै टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

गत वर्षको सुरुमा चीनले युकेका पाँच सांसद, दुई सहकर्मीसहित नौ नागरिकलाई विगार मुस्लिमको मुद्दालाई गलत तरिकाले उठाएको आरोपमा प्रतिबन्ध लगाएको थियो।

हाल रानीको पार्थिव शरीरलाई वेस्टमिन्स्टर हलमा सार्वजनिक अवलोकनका लागि राखिएको छ। उनको शव सोमबार नै दाहसंस्कार गरिने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *