चीनको गगनचुम्बी भवनमा भीषण आगलागी
काठमाडौं । चीनको दक्षिणी प्रान्त हुनानको राजधानी चाङ्सा सहरमा रहेको चाइना टेलिकमको दर्जनौं तले भवनमा भीषण आगलागी भएको छ । चारैतिर आकाशमा धुवाँको मुस्लो छ र जमिनमा अराजकताको वातावरण छ । यस घटनामा कति जना घाइते भएका छन्, कति भवनमा फसेका छन्, केही खुल्न सकेको छैन ।
उक्त भवनमा दिउँसो ४.३० बजे आगलागी भएको बताइएको छ । आगो यति तीव्र गतिमा फैलिएको थियो कि बहुतले भवनको धेरै तल्ला जलेर नष्ट भएको थियो । दमकलको टोली पनि तुरुन्तै घटनास्थलमा पुगेर आगो निभाउने काम सुरु गरिएको थियो । आगलागी केही हदसम्म नियन्त्रणमा आएको बताइएको छ तर भवनमा कति मानिस फसेका छन्, कतिलाई बाहिर निकालिएको छ भन्ने जानकारी भने आएको छैन ।
यति ठूलो आगलागी के कारणले भयो, सर्ट सर्किट थियो वा कसैको लापरवाही भन्ने पनि खुल्न सकेको छैन, अधिकारीहरूले भने कुनै बयान दिएका छैनन् । अहिले घटनास्थलमा मात्रै पूर्ण गतिमा उद्धार कार्य भइरहेको छ ।
आगो नियन्त्रणका लागि हरसम्भव प्रयास भइरहेको छ र जो कोही फसेका छन्, उनीहरूलाई समयमै बाहिर निकाल्नुपर्छ । यसका लागि घटनास्थलमा एक–दुई होइन ३६ वटा दमकल उपस्थित छन् ।
जुन भवनमा आगलागी भएको थियो, त्यो भवन सन् २००० मा निर्माण भएको बताइएको छ । त्यो समयमा यो २१८ मिटरको उचाइका साथ चाङ्शा शहरमा सबै भन्दा अग्लो भवन थियो। यस भवनमा जम्मा ४२ तला छन्, दुई तला भूमिगत छन् । जसका कारण आगो सुरु भएपछि धेरै तला माथि पुग्यो । के कति क्षति भयो, आगो निभेपछि मात्र खुल्ने छ ।







डिसी नेपाल







Facebook Comment