चोलेन्द्रले आफ्नो बयान लिखतमा हस्ताक्षर सकाए
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो बयान लिखतमा हस्ताक्षर सकाएका छन् । महाअभियोग सिफारिस समितिले लाई जबराले दिएको बयानको लिखत १७४ पृष्ठ भएको छ । शुक्रबार ६५ पृष्ठमा हस्ताक्षर भएको थियो ।
बाँकी पृष्ठमा उनले हस्ताक्षर गरिसकेका छन् । उनले एक–एक पढेर हस्ताक्षर गरेका हुन् । हस्ताक्षर सकाएसँगै समितिले उनीमाथि पूरक प्रश्न सोध्न सुरु गरेको छ । समितिले आज नै प्रतिवेदन तयार गरी प्रतिनिधि सभामा पेश गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment