अछाममा पहिरोः मृतकको संख्या १७ पुग्यो
काठमाडौं । अछामका विभिन्न ठाउँमा पहिरोमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या १७ पुगेको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका, ढकारी गाउँपालिका र कमलबजार गाउँपालिकाका ४ ठाउँमा गएको पहिरोमा परेर अहिलेसम्म मृत्यु हुनेको संख्या १७ पुगेको हो भने ६ जना बेपत्ता तथा ११ जना घाइतेको उद्धार भइसकेको छ ।
अछाम प्रहरीका अनुसार जिल्लाको कमलबजार नगरपालिका–६ मा गएको पहिरोमा परेर ७ जना, कमलबजार नगरपालिकाकै वडा नम्बर ८ मा गएको पहिरोमा परेर ५ जना, तुर्माखाँद गाउँपालिकाको वडा नम्बर ५ मा गएको पहिरोमा परेर ४ जना र ढकारी गाँपालिका वडा नम्बर ५ मा गएको पहिरोमा परेर १ जनाको मृत्यु भएको छ ।
तुर्माखाद गाउँपालिकाका वडा नम्बर ५ मा गएको पहिरोमा ५ जना र ढकारी गाउँपालिका वडा नम्बर ६ मा गएको पहिरोमा एक जना गरेर जम्मा ६ जना अझै बेपत्ता रहेका अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।







डिसी नेपाल








Facebook Comment