१ क्लिकमा महिला भइन् कंगाल, १ सेकेण्डमा गुमाइन् ५० लाख
काठमाडौं । एक ६३ वर्षीया महिला अनलाइन ठगीको सिकार भइन् । महिलाले दाबी गरिन् कि उनले एउटा लिङ्कमा क्लिक गरिन् र एक सेकेण्डमै आफ्नो जीवनभरको कमाई गुमाइन्। उनको खाताबाट ५० लाखभन्दा बढी रकम गायब भएको छ ।
ती महिला थाइल्याण्डको ट्राङ प्रान्तकी बासिन्दा हुन् र उनको नाम निस हो । मंगलबार बिहान अपरिचित व्यक्तिको फोन आएको निसले बताइन् । ती व्यक्तिले आफूलाई थाइल्यान्डको राजस्व विभागको कर्मचारी भएको बताए ।
उनले निसको मोबाइलमा लिङ्क पठाए र यो राजस्व विभागको वेबसाइटको लिङ्क हो भने। उक्त व्यक्तिले निसलाई आफ्नो बक्यौता कर जाँच गर्न यसमा क्लिक गर्न सक्ने बताए। तर निसले यो लिङ्कमा क्लिक गर्नेबित्तिकै एक सेकेण्डमै उनको बैंक खाताबाट पैसा उड्यो ।
निसको खातामा करिब १५ लाख भाट (५२ लाख रुपैयाँ) थियो । तर अपरिचित लिंकमा क्लिक गरेपछि उनको खातामा १६६१ भाट (साढे ५ हजार रुपैयाँ) मात्रै बाँकी रह्यो ।
थाइगरको रिपोर्टका अनुसार, निसले लिङ्कमा क्लिक गरेपछि उनको फोनको स्क्रिन निलो भयो र राजस्व विभागको लोगो सन्देशको साथ पपअप भयो। त्यसमा केही निर्देशन दिइएको थियो, जसका कारण बैंक खाता खाली भयो ।
निसले यसपछि उनको फोन लक भएको र आफूले केही गर्न नसक्ने बताइन् । उनको मोबाइलमा बैंकको म्यासेज आएपछि खाताबाट ५० लाखभन्दा बढी रकम निकालिएको थाहा भयो ।
निसले आफ्नी छोरी निदा र बुहारी सिरिवान मार्फत बैंकमा सम्पर्क गरी सबै कुरा सुनाइन् । त्यसपछि महिलाको उजुरीको आधारमा प्रहरीले अज्ञात व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको थियो । तर, घटना भएको तीन दिन बितिसक्दा पनि महिलाको पैसा फिर्ता भएको छैन ।
आमा निस पूरै स्तब्ध भएको र आमाको मुटु रोगको उपचारका लागि परिवारसँग पैसासमेत नरहेको निदाले बताइन् । निदाले निसलाई तत्काल उपचार आवश्यक रहेको बताइन् ।







डिसी नेपाल







Facebook Comment