अर्बपतिले आफ्नो ३ अर्ब डलरको कम्पनी नै दान गरिदिए !

डिसी नेपाल
१ असोज २०७९ १४:०६
428
Shares

काठमाडौं । ८३ वर्षीय अर्बपति व्यापारीले आफ्नो ३ अर्ब डलरको कम्पनीलाई दान गर्ने निर्णय गरेका छन् । पेटागोनिया कम्पनीका संस्थापक वाइभोन चुनार्डले हालै यो चकित पार्ने घोषणा गरेका छन्। वाइभोन चुनार्डले भने, ‘अब केवल पृथ्वी मात्र उनको कम्पनीको एकमात्र सेयर होल्डर हो।’

‘न्युयोर्क टाइम्स’को रिपोर्टअनुसार कम्पनीले जति नाफा कमाउने छ, त्यो वातावरणीय समस्या र जलवायु संकटमा खर्च हुनेछ । संस्थापक वाइभोन चुनार्ड र उनको परिवारले पर्यावरण र जलवायु संकटको कारण कम्पनीलाई दान गर्ने ऐतिहासिक निर्णय गरेका हुन् ।

पेटागोनिया अमेरिकामा एक प्रसिद्ध आउटडोर कपडा कम्पनी हो। यद्यपि, कम्पनीले अझै पनि कपडा, क्याम्पिङ गियर र अन्य वस्तुहरू उत्पादन गर्नेछ। तर, यी उत्पादनहरूबाट जति नाफा आउँछ, त्यसलाई जलवायु संकटसँग लड्न प्रयोग गरिनेछ।

यसबारे कम्पनीको वेवसाइटमा पनि जानकारी दिइएको छ । वाइभोन चुनार्डले वेबसाइटमा एक खुला पत्र लेखेका छन् । उनले कम्पनीको भोटिङ स्टक पेटागोनिया पर्पज ट्रस्टको हिस्सामा जाने बताए ।

यसले कम्पनीको मूल्यलाई सुरक्षित गर्नेछ, जबकि गैर भोटिङ स्टक होल्डफास्ट कलेक्टिभको शेयर अन्तर्गत आउनेछ, यसले जे नाफा गर्छ त्यो वातावरणको हितमा प्रयोग गरिनेछ।

वाइभोन चुनार्ड अहिले ८३ वर्षका भइसकेका छन्, उनी पर्वतारोही रहिसकेका छन् । लगभग ५० वर्ष पहिले, उनले भेन्टुरा (क्यालिफोर्निया) मा पेटागोनिया स्थापना गरेका थिए । त्यसयता यो कम्पनी अर्बौं रुपैयाको बनिसकेको छ ।

वाइभोन चुनार्डले भने कि उनी कहिल्यै व्यवसायी बन्न चाहँदैनन्। उनले एक शिल्पकारको रूपमा कम्पनी सुरु गरे, आफ्ना साथीहरू र आफ्नै लागि पर्वतारोहणसँग सम्बन्धित चीजहरू बनाउन यसको सुरु गरिएको थियो । त्यसपछि उनी यो व्यवसायमा लागे ।

हालका वर्षहरूमा, विशेष गरी ट्रम्पको नेतृत्वमा, वातावरणको लागि कम्पनीको भूमिका बढेको छ। २०१८ मा, कम्पनीले कर कटौतीको रूपमा कम्पनीले प्राप्त गरेको रकम दान गर्ने निर्णय गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *