निर्वाचन नजिकिएसँगै थापालाई छिमेकी भेट्न भ्याई नभ्याई
काठमाडौँ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदाता र छिमेकीसँगकाे भेटलाई बाक्लाे बनाएका छन् यही क्रममा उनले आइतबार हेटाैडास्थित छिमेकीहरूसँग बसेर चियासहीतकाे छलफल गरेका छन्।
साे क्रममा उनले हेटौंडा-६ का छिमेकी तथा कार्यकर्ताहरूलाई निर्वाचनमा सघाउन अग्रह गरेका थिए। उनले आफूमाथि लागेको आरोपहरू बारे खोलेर कुरा गरेका थिए।
राप्रपा फुटाएको नभई आफू एक्लै बाहिरिएको दलिल समेत उनले दिएका थिए। राप्रपाबाट बाहिरिनु रहर नभई बाध्यता भएको उनको तर्क थियो। उनले महाधिवेशनमा भएको घेराबन्दी, धोका, बेइमानी बारे निकै लामो चर्चा गरे। तर, यसबाट बिचलित नभई नयाँ उर्जा र योजनाका साथ कृयाशिल भएको दाबी गरे।
मकवानपुरको विकास निर्माणमा आफ्नो योगदान रहेको उनले चर्चा गरे। उनले अधुरो विकास निर्माणलाई मूर्त रुप दिन चुनावी मैदानमा खडा हुन चाहेको पिन स्पष्ट पारे।
यसकारण सबैको साथ समर्थन खोजेको बताए। पार्टी, वाद, विचारभन्दामाथि उठेर राम्रो उम्मेदवार चयन गर्नुपर्नेमा थापाको जोड थियो। थापाको यो अभियान सबै वडाहरूमा निरन्तर जारी रहने राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए।
Facebook Comment