टेक्सासमा जितिया भव्यताका साथ मनाइयो

डिसी नेपाल
३ असोज २०७९ २१:४६

टेक्सास । थारु नारीहरुको महान् पर्व जितियाको अवसरमा अमेरिका स्थित टेक्सास राज्यमा बसोबास गर्ने थारु समुदायले एक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरि भव्यताका साथ पर्व मनाएको छ ।

टेक्सास राज्यमा बसोबास गर्ने थारु समुदायको बस्ती बाक्लिँदै गईरहेको बेला थारु युवाहरुको सक्रियतामा हालै गठित टेक्सास थारु सोसाइटीले यस कार्यक्रमको आयोजना गरेको हो ।

जितिया पर्व तराईमा मनाईने सांस्कृतिक पर्वमध्येको एउटा मुख्य पर्व हो । यसलाई आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तराईमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ । पुत्रको सुखशान्ति र चिरायुका लागि महिलाले उपवास र पूजा गरेर यो पर्व मनाउने चलन रहेको छ।

अघिल्ला वर्षहरुमा घरमै परिवारजनबीच मनाइदै आईएको यस पर्व यो वर्ष भने यहाँ बस्ने दिदीबहिनीहरुले छुट्टै उत्साहका साथ सँगै कार्यक्रम गरि मनाएका छन् । कार्यक्रममा दिदीबहिनीहरु आफ्नै मौलिक थारु पोसाक र गहनामा सजिएर आएका थिए ।

कार्यक्रममा झाम्टा नृत्य तथा सांकृतिक प्रस्तुतिहरु गरिएको थियो । पहिलो पटक यसरि सँगै मनाईएको जितियाको यो कार्यक्रमलाई आउने वर्षहरुमा पनि निरन्तरता दिईने सोसाईटीकी महासचिव गीता महतोले बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *