गोठाटार घटनाः एसएसपी जनक भट्टराईको संयोजकत्वमा छानबिन समिति गठन
काठमाडौं । काठमाडौंस्थित गोठाटारमा गोली लागेर एक जनाको हत्या भएको घटना छानबिन गर्न नेपाल प्रहरीका एसएसपी जनक भट्टराईको संयोजकत्वमा विषेश समिति गठन गरेको छ ।
कागेश्वरी मनोहरा नगरपालिका- ८ सोमबार साँझ एक व्यक्तिमाथि गोली प्रहार भएको थियो । गोली लागेर मृत्यु हुनेमा हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद रहेका छन् । उनको टाउकोको दायाँतर्फ २, दायाँ छातीमा १ र कम्मरमा एउटा गोली लागेको प्रहरीको भनाइ छ ।
मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेर भागेका व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment