धनुषाको बाँसघारीमा महिलाको शव फेला

डिसी नेपाल
४ असोज २०७९ २१:४८
24
Shares

काठमाडौं । धनुषाको बाँसघारीमा एक महिलाको शव फेला परेको छ । मिथिला विहारी नगरपालिका-५ बस्ने ४५ वर्षीया जिवछी देवी मण्डलको शव मंगलबार दिउँसो बाँसघारीमा भेटिएको प्रहरीले जनाएको छ ।

मण्डलको आफ्नै घर नजिककैको बाँस झाडीमा उनको शव फेला परेको हो । उनको टाउकोमा केही प्रहार गरेको देखिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

शव पोस्टमर्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *