लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको प्रक्षेपण

डिसी नेपाल
५ असोज २०७९ ७:४८
20
Shares

काठमाडौं। आज मुलुकका लुम्बिनी र सुदूरपश्चिमका केही भेगमा भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुनेछ। राति प्रदेश १, मधेश, बागमती र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

बिहीबार बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

ओडिसा र पश्चिम बंगाल आसपास रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *