मधेस प्रदेशबाट कुस्तीका १५ खेलाडी छनोट

डिसी नेपाल
५ असोज २०७९ ८:४६
76
Shares

महेन्द्रनगर। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेस प्रदेशबाट पाँच महिलासहित १५ खेलाडी छनोट भएका छन्। जनकपुरधामको कभर्डहलमा भएको प्रदेश स्तरीय प्रतियोगिताबाट उनीहरु छनोट भएका हुन्।

छनोट हुनेमा बाराबाट ५७ किलो तौल समूहमा अमरेन्द्र यादव, ६१ किलोमा अमरेशकुमार यादव, ६५ किलोमा अर्जुनकुमार साह, ७४ किलोमा मुक्तार आलम, ७९ किलोमा बुनिलाल राउत र एक सय २५ किलोमा राज यादव छन्। त्यस्तै पर्साबाट ७० किलोमा मनोज यादव, ८६ किलोमा लालबहादुर यादव, ९२ किलोमा अवधेश यादव र ९७ किलोमा राजेश यादव छनोट भएका छन्।

यस्तै महिलातर्फ छनोट हुने पाँच खेलाडीमा ५० किलो तौल समूहतर्फ बाराकी गीता यादव, ५३ किलोमा पर्साकी मधुकुमारी पटेल, ५५ किलोमा बाराकी प्रमिला कुमारी साह, ५७ किलोमा बाराकै किरण यादव र ६२ किलोमा पर्साकी निलम कुमारीरहेकी पटेल छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *