घोबिघाटमा आगलागी, ३ जना घाइते

डिसी नेपाल
५ असोज २०७९ १४:४७

काठमाडौं । ललितपुरको धोविघाटस्थित कवाडी गोदाममा आगलागी भएको छ । आगलागीबाट घाइते भएकालाई कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको ललितपुर प्रहरीले जनाएको छ।

आगलागीबाट ३ जना घइते भएका छन् । घाइतेमध्ये ६५ वर्षिय शिवनारायण पोदार गम्भीर छन्। भारतीय नागरिक उनको अनुहार र शरीरका केही भाग जलेको छ।

यस्तै चितवनका ३० वर्षिय गणेश गुरूङ र ४५ वर्षिय भारतीय नागरिक राम आश्रित साहलाई पनि थप उपचारका लागि कीर्तिपुर पठाइएको ललितपुरका एसपी सुशील शाहीले जानकारी दिए।

घाइते तीनै जना कवाडी गोदाममै कार्यरत थिए। धोबिघाट रिङरोडबाहिर रहेको बच्चा साहको सञ्चालन गर्दै आएको कवाडी गोदममा बुधबार दिउँसो १ बजे तिर आगो लागेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *