सपनामा श्रीमतीको परपुरूषसँग सम्बन्ध भएको देखेपछि बिउँझिनासाथ श्रीमतीलाई छुरी हाने

डिसी नेपाल
६ असोज २०७९ १५:३७

काठमाडौं । एकजना मानिसले राती सपना देखे कि आफ्नी श्रीमतीको कुनै परपुरुषसँग प्रेम सम्बन्ध छ। त्यसैका कारण उनी यति रिसाए कि श्रीमतीमाथि चक्कु प्रहार गरे । श्रीमानले आफ्नी श्रीमतीको घाँटी र हातमा धेरै प्रहार छुरा हानेररक्ताम्य बनाएर घटनास्थलबाट भागेका थिए ।

श्रीमतीलाई घाइते अवस्थामा अस्पताल लगिएको थियो, जहाँ उपचारपछि उनको ज्यान जोगियो । फरार रहेका आरोपी श्रीमान् अहिले पक्राउ परेका छन् । अगष्ट ९ मा घटना भएको थियो र करिब पाँच सातापछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो ।

द मिररका अनुसार यो घटना ब्राजिलको प्लानाल्टिनाको हो। यहाँ ३७ वर्षीय पुरुषले सपनालाई सत्य भएको विश्वास गर्दै आफ्नी श्रीमतीमाथि आक्रमण गरेको आरोप लागेको छ । यस आक्रमणमा श्रीमती नराम्ररी घाइते भएकी छिन् । उनको घाँटी र हातमा गहिरो चोट लागेको छ ।

रिपोर्टका अनुसार घटना भएको दिन मध्यरातमा दम्पतीबीच झगडा भएको थियो । किनभने, श्रीमानले आफ्नी श्रीमतीको अर्कै पुरुषसँग प्रेम सम्बन्ध भएको सपना देखेका थिए । यो पुष्टि गर्न उनी निद्राबाट उठे र श्रीमतीसँग झगडा गर्न थाले । लामो समयसम्म विवाद चलिरह्यो तर केही समयपछि उनी फेरि पल्टिए ।

तर, फेरि उठ्दा उनको हातमा चक्कु थियो । उनले श्रीमतीमाथि एकपछि अर्को गर्दै चक्कु प्रहार गरे । जसका कारण श्रीमती रक्ताम्य भइन् । श्रीमतीमाथि आक्रमण गरेपछि उनी घरबाट भागेका थिए । चिच्याएको सुनेर परिवारका सदस्यले उनलाई अस्पताल लगे ।

हाल घटनामा आरोपीले आफ्नो अपराध स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । उनको आपराधिक रेकर्ड छ। उनीमाथि श्रीमतीको हत्या प्रयास गरेको अभियोग लगाइएको छ । अनुसन्धान जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *