जिप चलाउँदै गरेका चालकलाई बोलाएर कुटपिट

डिसी नेपाल
९ असोज २०७९ ११:३४

बैतडी। बैतडीका जिप चालकमाथि भएको कुटपिटका विषयमा छलफलका लागि दुवै पक्षलाई प्रहरीले बोलाएको छ।

बिहीबार पाटन नगरपालिका-५का जिप चालक खेमराज पाण्डेयलाई पाटन-६ का लक्ष्मण भण्डारीले कुटपिट गरेको पीडित पाण्डेयले बताए । यस विषयमा छलफल गर्न आइतबार प्रहरीले दुवै पक्षलाई बोलाएको हो।

‘म जिल्ला सदरमुकामबाट यात्रु बोकेर पाटन गइरहेको थिएँ, पाटन बजार नपुग्दै भण्डारीले फोन गर्नुभयो, अरु बेला राम्रैसँग बोल्ने भएकाले बोलाएको ठाउँमा गएँ। जानेबित्तिकै गालीग्लौज गर्दै कुटपिट गर्नुभयो,’ उनले भने।

कुटपिटबाट घाइते भएका पाण्डेय उपचारका लागी बिहीबार नै धनगढी गएका थिए । मायामेट्रो अस्पतालमा उपचार गरेर फर्केका उनको टाउकोमा चोट रहेको छ। टाउकोमा गम्भीर चोट रहेकाले मस्तिष्कमा असर गरेको शंका गरिएको छ।

यस विषयमा पीडितले इलाका प्रहरी कार्यालय पाटनमा उजुरी दिएका छन्। घटनाका बिषयमा उजुुरी प्राप्त भएकाले अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। आइतबार दुबै पक्षलाई छलफलका लागी प्रहरी कार्यालयमा बोलाएको इलाक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *