अवैध विदेशी मुद्रासहित थाईल्याण्ड नागरिक पक्राउ
काठमाडौँ। स्रोत नखुलेको विदेशी मुद्रासहित एक थाईल्याण्ड नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाट पक्राउ परेका छन्। फ्लाई दुबईको विमानबाट दुबई जान लागेका ३८ बर्षिय पोङफोज सिन्सुवानलाई विमानस्थलबाट पक्राउ परेका हुन्।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा एक्स-रे मेसिनद्वारा म्यानुअल जाँच गर्ने क्रममा अवैध ५८ हजार ४ सय अष्ट्रेलियाली डलर र १५ हजार ७ सय अमेरिकी डलरसहित पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरिक्षक दिपेन्द्र जि.सीले जानकारी दिए।
उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुशन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment