समानुपातिकमा किन र कसरी परे भन्ने बहस बेकार होः पूर्वमन्त्री बास्कोटा

डिसी नेपाल
१० असोज २०७९ १०:०६
984
Shares

काठमाडौँ। नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस बेकारको भएको बताएका छन्। सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस पार्टी भित्र समानुपातिक सूचिलाई लिएर विवाद चलिरहेका बेला उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो प्रतिक्रिया जनाएका हुन्।

‘समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस गर्नु बेकार हो,’ नेता बास्कोटाले भनेका छन्, ‘यस्को मर्म समावेशीता हो। कमवेसी अपवाद, मुल रुपमा यो डाडुपन्यु टीमको इच्छावेशीता हो।’

उनले समयमै अपारदर्शी प्रणालीको विकल्प खोज्न आग्रह समेत गरेका छन्। ‘समयमै पार्टीहरुले ३३ प्रतिशत सोझै महिला उमेदवार उठाऊ वा अपारदर्शी प्रणालीको विकल्प खोज। हैन भने भैंसीका अघि वीरही भाकामा वीन नबजाऊ, मित्रजन!,’ उनले लेखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.