भ्यानले ठक्कर दिदाँ दुई प्रहरी घाइते
काठमाडौं । बारामा भ्यानले मोटरसाइकललाई ठक्कर दिदाँ दुईजना प्रहरी गम्भीर घाइते भएका छन् । बाराको फेटा गाउँपालिका १ भलुही चोकमा गएराति प्रहरी सवार मोटरसाइकललाई भ्यानलले ठक्कर दिएको थियो ।
a
घाइते हुनेमा मोटरसाइकल चालक जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हबल्दार नन्दु साह कानु र मोटरसाइकलमा सवार सोही कार्यालयका कार्यालय सहयोगी असलोक प्रसाद यादव छन् ।
उनीहरूको एनएमसी अस्पतालमा उपचार भइरहेको छ । वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको ना १ ज ७७६० नम्बरको म्याजिक भ्यानले विपरीत दिशाबाट आउँदै गरेको ना १९ प २३९० नम्बरको मोटरसाइकललाई गएराति पौने ११ बजे ठक्कर दिएको हो । म्याजिक भ्यान चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय प्रसौनी बाराले बताएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment