ज्यान मारेर फरार टिकाराम ७ वर्षपछि पक्राउ
काठमाडौं । ज्यान मारेर फरार रहेकका एक जनालाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ । बर्दिया गेरुवा गाउँपालिका–४ बस्ने श्याम बिसी भन्ने टिकाराम बुढाथोकी रहेका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको टोलीले शनिबार राति पक्राउ गरेको हो ।
उनीमाथि १६ साउन २०७२ मा सोही ठाउँ बस्ने गंगाधर चालिसेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो । यसबारेमा बर्दिया जिल्ला अदालत गुलरियाबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment