अवरुद्ध विद्युतीय राहदानी सेवा सञ्चालन

डिसी नेपाल
१० असोज २०७९ १३:२७
184
Shares

बैतडी। बैतडीमा अवरुद्ध रहेको विद्युतीय राहदानी (इ–पासपोर्ट) सेवा पुनःसञ्चालन भएको छ। विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण गत मङ्गलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको थियो। विद्युतीय राहदानी इनरोलमेन्ट तथा विद्युतीय राहदानी सर्भरको कनेक्सनमा समस्या आएको भन्दै राहदानी विभागबाट जानकारी आएअनुसार बन्द गरिएको थियो।

केन्द्रबाटै उक्त समस्या समाधान गरिएपछि उक्त सेवा सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। यसअघि गत असारमा पनि यही समस्याले केही दिन विद्युतीय राहदानी बन्द भएको थियो। जिल्लामा गत जेठ १२ गतेदेखि विद्युतीय राहदानी सेवा दिन सुरु गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *