डेंगुले मृत्यु हुनेको संख्या ३२ पुग्यो
काठमाडौं । मुलुकभर डेंगु संक्रमणबाट मुत्यु हुनेको संख्या ३२ पुगेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरणअनुसार हालसम्म डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको हो।
हालसम्म संक्रमितको संख्या २५ हजार ५ सय ४३ जना पुगेको छ। बागमती प्रदेशमा मात्रै १९ हजार ९१० जना डेंगु संक्रमित भेटिएका छन्। यस्तै लुम्बिनी प्रदेशमा २ हजार ८८७ जना, गण्डकी प्रदेशमा ५ सय ५६ जना, मधेश प्रदेशमा ३८० जना संक्रमित भेटिएका छन् भने कर्णाली प्रदेशमा २ सय ३१ र सुदूरपश्चिम प्रदेशमा ८ सय ४ जना संक्रमित भेटिएको उक्त शाखाले जनाएको छ।
यस्तै काठमाडौं उपत्यकामा पनि डेंगु संक्रमण तिब्र फैलिरहेको छ। सुरुवाती समयमा ललितपुरमा संक्रमण धेरै भए पनि पछिल्लो दिनहरुमा ललितपुरमा भन्दा काठमाडौंमा डेंगु संक्रमित धेरै रहेको इडिसिडीको विवरणले देखाएको छ।
विवरण अनुसार हाल काठमाडौंमा ८ हजार ८९६ जना संक्रमित छन् भने ललितपुरमा ६ हजार ३५ जना संक्रमित रहेका छन्। भक्तपुरमा पनि डेंगु संक्रमण बढ्दै गएको छ। हाल भक्तपुरमा १ हजार ५८ जना संक्रमित रहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment