सल्यानको कपुरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु

डिसी नेपाल
१२ असोज २०७९ ६:३९

काठमाडाैं। बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको जिप दुर्घटना हुँदा आठ जनाको घटनास्थल मै मृत्यु भएको छ।

सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन अधिकारीले जिप दुर्घटनामा परी आठ जनाको मृत्यु भएको डिसी नेपाललाई जानकारी दिए। उनले जिप सडकबाट करिव १५० मिटर तल झरेको बताए।

रा १ ज ५६३ नम्वर जीप (डबल क्याब) बुधबार विहान  तीन बजे कपुरकोट गाउँपालिका ६ रिम जलवाङगमा दुर्घटनाग्रस्त भएकाे प्रजिअ अ धिकारीले जानकारी दिए।

दुर्घटनामा परी मुत्यु हुनेमा अधिकांश कपुरकोट ६ का स्थानीयहरु रहेका छन्। एकजना घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन। घाइते तीलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालका अनुसार प्रहरी घटनास्थल पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *