छिमेकमा नाकाबन्दी गरेको र आतंकवादी उकासेको भारतमाथि आरोप (भिडियोसहित)

युएनको साधारण सभामा पाकिस्तानी भाषण

डिसी नेपाल
१४ असोज २०७९ ७:२०

काठमाडौं। संयुक्त राष्ट्र संघको यो बर्षको(७७औं) महासभामा छिमेकी मुलुकमाथि नाकाबन्दी लगाएर दुख दिने र छिमेकी मुलुकहरुभित्र अस्थिरता उत्पन्न गर्न आतंकवादीहरुलाई आर्थिकसमेतको सहयोग गर्ने गरेको गम्भीर आरोप भारतमाथि लगाइएको छ।

पाकिस्तान सरकारको तर्फबाट सेप्टेम्बर २३ का दिन लिखित मन्तव्य राख्दै सो महासभामा पाकिस्तान सरकारकी प्रतिनिधिले भारतले छिमेकी मुलुकहरुलाई दिनुसम्म दुख दिने गरेको फेहरिस्त पेश गरेकी छिन्। (हेर्नुहोस् महासभाको भिडियो पनि)

युएन महासभाबारे युएनबाट जारी भिडियोमा उनले नेपालको नाम लिएकी छैनन् तर भारतले नाकावन्दी लगाएर दुख दिने गरेको कुरा भने भाषणका क्रममा उल्लेख गरेकी छिन्। उनले भनेकी छिन्, आज भारत आतंकवाद र आक्रमणको प्रायोजक र अपराधी हो र यो क्षेत्रमा आतंकवादको मुख्य लगानीकर्ता पनि हो।

उनले भारतले सबै छिमेकीहरुमा आतंकवादी ग्रुपहरु सिर्जना गरेर दुख दिएको बताउंदै छिमेकी देशहरुमा अस्थिरता ल्याइरेहको र नाकाबन्दी गर्नुलाई रणनीति बनाएको आरोप पनि लगाइन्।

पाकिस्तानमा टिडिपी र बीएलएजस्ता आतंकवादी संगठनलाई भारतले आर्थिक लगानी गरिरहेको आरोप लगाउदै उनले सोही कारण गएको दशकमा हजारौं सर्वसाधारणहरुले ज्यान गुमाउनु परेको र सयौं घाइते भएको जानकारी पनि महासभामा दिएकी थिइन्।

पकिस्तानले अन्तर्राष्टिय समुदायमा भारतले लागनी गरेको आतंकवादको प्रमाणसहित रिपोर्टहरु पनि शेयर गरेको बताउँदै उनले भारतका राष्टिय सुरक्षा सल्लाहकार अजित डोभालले आतंकवादीहरुलाई सहयोग गरेको कुरा सार्वजानिकरुपमा स्वीकार नै गरेको पनि दावी गरिन्।

कुलभूषण जादव नाम गरेका भारतीय जासुस आतंकवादलाई पाकिस्तानमा उकास्ने काममा लागेको अवस्थामा फेला पारेको पनि उनले भनेकी थिइन्। काश्मिरलाई भारतले खुल्ला जेल बनाएको आरोप पनि उनले लगाइन् । काश्मिरमा मानवअधिकारको चर्को हनन् भएको बताउंदै लाखौंलाई गैरकानुनी हत्या गरको विवरण पनि पेश गरेकी थिइन्।

सेप्टेम्बर २२ देखि २६ सम्म चलेको सो महासभामा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौडेलले संबोधन गरेका थिए भने भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकर तथा पाकिस्तानका तर्फबाट त्यहांका प्रधानमन्त्री मोहम्मद शेवाज सरिफले संबोधन गरेका थिए। भारत र पाकिस्तानी वक्ताहरुले एकअर्कालाई आतंकवादको लगानीकर्ता भएको आरोप लगाउंदै बाझाबाझ गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *