जनकपुरमा भीषण आगलागी, एकको अवस्था गम्भीर
फाइल फाेटाे।
धनुषा। जनकपुरधाममा भीषण आगलागी भएको छ। जनकपुर कदम चोकमा रहेको हेलमट पसलमा आगलागी भएको हो। सो आगलागीले गर्दा तीनघरमा समेत क्षति पुगेको छ।
आगलागीमा परेर ३ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उक्त गोदाममा काम गर्ने धनुषा लक्ष्मीनियाँ गाउँपालिका वडा २ सिनुरजोडाका अन्दाजी वर्ष २२ वर्षका सुभाष यादव गम्भीर घाइते भएका छन् भने अन्य दुई जनाको पहिचान खुल्न सकेको छैन । यादवको उपचार सम्भव नभएपछि काठमाडौँ रेफर गरिएको जनकपुर प्रादेशिक अस्पतालले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment