प्रज्ञा प्रतिष्ठानमा कुलपति र सदस्यसचिव रिक्त
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायको चार वर्षे कार्यकाल आजदेखि पूरा हुँदैछ । उनीहरुको २०७५ असोज २१ गते नियुक्ति भएको थियो । प्राज्ञ परिषद्का अन्य नौ सदस्यको कार्यकाल भने आगामी पुस १ गते सकिनेछ ।
प्राज्ञ डा. देवी नेपालका अनुसार रिक्त पदमा उपकुलपति डा. जगमान गुरुङले निमित्त कुलपति र प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले निमित्त सदस्यसचिवको कार्यभार वहन गर्नेछन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment