युक्रेन युद्धको कारण बेलायतमा जाडोमा बिजुली कटौती हुन सक्ने

डिसी नेपाल
२१ असोज २०७९ १३:३६

काठमाडौं । बेलायतमा बिजुली नेटवर्कका सञ्चालकहरूले आगामी हिउँदमा घर र व्यापारिक साइटहरूमा बिजुली काट्न सक्ने चेतावनी दिएका छन्।

नेशनल ग्रिडले यस्तो सम्भावना कठिन रहेको बताएको छ, तर बेलायतले बाँकी युरोपबाट आवश्यक बिजुली र पावर प्लान्टहरू चलाउन आवश्यक ग्यास आयात गर्न नसके तीन घण्टासम्म बिजुली काट्नु पर्ने हुनसक्छ।

जाडो लामो भएमा विद्युत् कटौतीको सम्भावना झनै बढ्ने पावर ग्रिडले जनाएको छ । नेशनल ग्रिडले युक्रेनमा रुसको आक्रमणका कारण विद्युत् संकट उत्पन्न भएको जनाएको छ ।

युक्रेनमाथि आक्रमण गरेपछि रुसले युरोपमा ग्यास आपूर्ति बन्द गरेको थियो । यसअघि बेलायती सरकारले ऊर्जा अभावका कारण कटौती गर्नुपर्ने अवस्था नरहेको बताएको थियो ।

यद्यपि, बेलायतको ऊर्जा नियामक अफगेमले युक्रेनमा रुसको आक्रमणले ऊर्जा सङ्कटलाई अझ गहिरो बनाउन र बेलायतलाई “ग्यास आपूर्ति आपतकाल” मा पार्न सक्ने बताए।

बढ्दो ग्यास आपूर्ति सङ्कटका कारण विद्युत् उत्पादन केन्द्रमा ग्यास आपूर्ति प्रभावित हुने भएको छ ।

बेलायतमा ४०-६०% बिजुली ग्यासबाट संचालित पावर स्टेशनहरूबाट उत्पादन गरिन्छ।

विद्युत् आपूर्ति नहुँदा विद्युत् कम्पनीले पनि चर्को क्षति बेहोर्नु पर्ने र यसका कारण आर्थिक संकट झेल्नु पर्ने हुनसक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *