बसमा आगलागी हुँदा १२ जनाको मृत्यु

डिसी नेपाल
२२ असोज २०७९ १३:०९
84
Shares

नयाँ दिल्ली । महाराष्ट्रको नासिकमा एउटा बसमा आगलागी हुँदा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका अधिकारीहरूले बताएका छन् । नासिक–औरंगाबाद राजमार्गमा डिजेल ढुवानी गर्ने ट्रेलर ट्रकलाई ठक्कर दिएपछि बसमा आगो लागेको थियो ।

‘मृत्यु हुनेमा अधिकांश बसका यात्रुहरू थिए, घाइतेहरूलाई उपचारको लागि अस्पताल लगिएको छ’, नासिकका प्रहरी उपायुक्त अमोल ताम्बेले भने । उनले आगलागीको वास्तविक कारण पत्ता लगाउन मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *