इरानको सरकारी टेलिभिजन समाचार प्रसारणमा ह्याक
तेहरान। इरानको राज्य–संचालित टेलिभिजन लाइभ प्रसारणमा ह्याक भएको छ। शनिबार समाचार प्रसारण भइरहँदा देशका नेताविरुद्ध विरोधसहित समाचार बुलेटिन अवरुद्ध भएको थियो। लाइभ समाचार प्रसारण हुँदा टेलिभिजनको स्क्रिनमा एक मास्क देखा परेको थियो। त्यसपछि सर्वोच्च नेता अली खामेनीको तस्बिर उनको वरिपरि आगोको मुस्लो देख्न सकिन्थ्यो।
महसा अमिनीको मृत्युलाई लिएर देशमा सुरक्षा बल र प्रदर्शनकारीबीच झडप हुँदा कम्तिमा तीन जनाको गोली हानी हत्या भएको छ। अमिनीलाई कपाल राम्ररी नढाकेको आरोपमा नैतिकता प्रहरीले तेहरानमा पक्राउ गरेको थियो।
२२ वर्षीया इरानी कुर्दको पक्राउ परेको तीन दिनपछि अर्थात १६ सेप्टेम्बरमा हिरासतमै मृत्यु भएको थियो। उनको मृत्युपछि देशव्यापी अभूतपूर्व विरोध प्रदर्शन भएका छन्। स्थानीय समयअनुसार शनिबार ६ बजे समाचार बुलेटिन प्रसारण हुँदा ह्याक भएको थियो।







डिसी नेपाल







Facebook Comment