अतिवादीको अपहरणमा परेका पाक मन्त्री रिहा
इस्लामाबाद। पाकिस्तानमा अतिवादी समूहको अपहरणमा परेका एक मन्त्री सकुशल रिहा भएका छन्। गिलगिट–बाल्टिस्तान क्षेत्रबाट अपहरणमा परेका मन्त्री अबैद उल्लाह बेग वार्तापछि सकुशल रिहा भएका हुन्। उनीहरुलाई अतिवादीले शुक्रबार अपहरण गरेका थिए।
शुक्रबार राति इस्लामावादबाट बाबुसर जाँदै गर्दा उनको अपहरण भएको थियो। तर, पछि विद्रोहीसँगको वार्तापछि बेगलाई शनिबार बिहान रिहा गरिएको पाकिस्तानस्थित मिडिया पोर्टल मिनेट मिररले जनाएको छ।
मिररका अनुसार अतिवादी कमाण्डर अब्दुल हमिदले पाकिस्तानी मन्त्रीलाई रिहा गर्न शर्त राखेका थिए। हमिदले गिलगिट बाल्टिस्तान सरकारलाई नागा पर्वतमा भएको अतिवादी घटनामा संलग्न सशस्त्र व्यक्तिहरूलाई रिहा गर्न माग गर्दै १० दिनको समयसीमा दिएका थिए।
सन् २०१३ मा एउटा हमलामा अर्धसैनिक प्रहरीको पोशाक लगाएका बन्दुकधारीहरूले नागा पर्वतमा गरेको हमलामा १० विदेशी पर्यटकको मृत्यु भएको थियो। हत्यामा संलग्न केही अतिवादीलाई सरकारले नियन्त्रणमा लिएको थियो।







डिसी नेपाल







Facebook Comment