उत्तर कोरियाले फेरि मिसाइल हान्यो, जापानका प्रधानमन्त्रीले जारी गरे आपतकालीन चेतावनी

डिसी नेपाल
२३ असोज २०७९ १०:४७
200
Shares

काठमाडौं । उत्तर कोरियाले केही दिनयता छिमेकी जापानमाथि पटकपटक मिसाइल प्रहार गरेको छ । अमेरिका, दक्षिण कोरिया र जापानको चेतावनीलाई बेवास्ता गर्दै उत्तर कोरियाले फेरि दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । पछिल्ला केही दिनयता उत्तर कोरियाले एकपछि अर्को गर्दै मिसाइल प्रहार गरेको भन्दै छिमेकी मुलुकहरु अहिले सतर्क भएका छन् ।

जापानमा आपतकालीन चेतावनी जारी गरिएको छ। जापानी प्रधानमन्त्री फुमियो किशिदाले शनिबार उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्रलाई लिएर आपतकालीन चेतावनी जारी गरेका छन् । यसैबीच दक्षिण कोरियाले पनि यसको कडा प्रतिक्रिया दिएको छ । दक्षिण कोरियाले उत्तर कोरियाले गरेको मिसाइल प्रक्षेपणलाई उक्साउने कार्य भनेको छ ।

यसबारे अमेरिकी सेनाले सहयोगीसँग छलफल गरिरहेको बताएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार उत्तर कोरियाले यो वर्ष २४ वटा मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले पनि क्षेप्यास्त्र परीक्षणलाई लिएर विज्ञप्ति जारी गरेको छ । उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र परीक्षण अमेरिकी सैन्य धम्कीबाट आत्मरक्षाका लागि गरेको बताएको छ।

उत्तर कोरियाले छिमेकी देशलाई कुनै हानि नपुगेको बताएको छ । उल्लेखनीय छ, पाँच वर्षपछि उत्तर कोरियाले हालै जापानमाथि ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । यसपछि उत्तर कोरियाबाट दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरिएको थियो । पछिल्ला दिनमा प्योङयाङले गरेको यो सातौं प्रक्षेपण थियो, जसका कारण जापान र दक्षिण कोरियाका साथै अमेरिकाको चिन्ता बढेको छ ।

जापानका रक्षामन्त्री तोशिरो इनोका अनुसार उत्तर कोरियाले प्रहार गरेका दुईवटा मिसाइल १०० किलोमिटरको उचाइमा पुगेको थियो । यसले लगभग ३५० किलोमिटरको दूरी कभर गर्यो। जापानी रक्षामन्त्रीका अनुसार यी दुई मिसाइल ६ मिनेटको अन्तरालमा प्रहार गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *