हत्या अभियोगका फरार अभियुक्त महतो एमाले उम्मेदवार

डिसी नेपाल
२३ असोज २०७९ १७:०३
144
Shares

महोत्तरी । हत्या अभियोगमा फरार सूचीमा रहेका लक्ष्मी महतोले महोत्तरी क्षेत्र नम्बर १ मा मनोनयन दर्ता गराएका छन् । आइतबार जसपा परित्याग गरी एमाले प्रवेश गरेलगत्तै उनले प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराएका हुन् ।

महतोले आफ्ना प्रतिनिधि तथा कार्यकर्ता मिथिलेश साहमार्फत क्षेत्र न. १ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराए। मधेस आन्दोलनमा नेपाल प्रहरीका असई थमन विकलाई हत्या गर्ने मुख्य योजनाकारको रूपमा वारेन्ट जारी भएका महतो फरार अभियुक्त हुन् ।

यदि निर्वाचन आयोगले महतोलाई सफाइ दिए उनले माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणि पोखरेलसँग प्रतिस्पर्धा गर्नेछन् । यसअघिको निर्वाचनमा पनि महतो संघीय समाजवादी फोरमबाट पोखरेलसँगको प्रतिस्पर्धामा पराजित भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.