अर्घाखाँचीका गठबन्धनका उम्मेदवारकाे दाबी- समृद्धिका लागि हामीले नै जित्नुपर्छ

डिसी नेपाल
२४ असोज २०७९ १३:४३
20
Shares

अर्घाखाँची। सत्तारुढ गठबन्धनबाट अर्घाखाँचीमा मनाेनयन दर्ता गरेका उम्मेदवारहरूले समृद्ध नेपालका लागि आफुहरूले जित्नुपर्ने बताएका छन्। रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले अर्घाखाँचीमा उम्मेदवार दिएका गठबन्धनका उम्मेदवारहरू बिच गरेकाे साक्षात्कार कार्यक्रममा उनीहरूले गणतन्त्र र प्राप्त अधिकारकाे रक्षाकाे लागि आफुहरूले जित्नैपर्ने बताएका हुन्।

कार्यक्रममा गठबन्धनका तर्फबाट संघीय संसदकाे उम्मेदवार पुष्पा भुसालले आफुहरू जितकाे नजिक रहेकाे भन्दै संविधान रक्षाकाे लागि पनि आफूहरूले जित्नैपर्ने दाबी गरिन्।

कार्यक्रममा प्रदेश क का उम्मेदवार ठाकुर कुमार विक र प्रदेश ख का उम्मेदवार कमल प्रसाद भुसालले पनि लोकतान्त्रिक गणतन्त्रको रक्षा, समावेसी अधिकार, भ्रष्टाचारमुक्त समाज, मुलुकको समृद्धि तथा सुशासन पर्यटन तथा प्रबर्द्धनको विकाश, बेरोजगारी अन्त्यको लागी आफूहरुको उम्मेदवारी भएको उल्लेख गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *