छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

डिसी नेपाल
२५ असोज २०७९ ११:४३
68
Shares

सर्लाही। सर्लाहीको विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मलंगवा नगरपालिका–४ शिवसागर चोकस्थित सडकमा ना.१ झ १७०० नम्बरको स्कारपियोको ठक्करबाट सोमबार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका–१४ बस्ने हिरालाल मण्डलको ४ वर्षीय छोरा निशान्त कुमार मण्डल रहेका छन्। ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो। स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हरिवन नगरपालिका–४ लखन्देही पुल नजिक सडकमा प्र.२–०३–००१ च १९२४ नम्बरको बोलेरोले ज.५ प ७६५५ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुने मोटरसाइकल चालकको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सरस्वती अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हरिपुर्वा नगरपालिका–९ खिला टोलस्थित सडकमा प्रदेश२–०२–००३ प ३४९४ नम्बरको मोटरसाइकल सोमबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १४ वर्षीय रितेश राय यादव छन्। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक एवं मृतकका बुबाको सोही अस्पतालमा उपचार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *