चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ
सांकेतिक तस्बिर
धनुषा। सहिदनगर नगरपालिका–१ चिरैया बस्ने ६० वर्षीया अजोधी सहनीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५० वर्षीय श्याम सुन्दर सहनी रहेका छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरुबीच लेनदेनको विषयमा सोमबार राति विवाद तथा झैं–झगडा हुँदा श्याम सुन्दरले चक्कु प्रहार गर्दा अजोधी गम्भीर घाइते भएका थिए।
अजोधीको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा गएराति मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट खरियानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment