रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेजी नसच्याए परिणामको जिम्मा निर्वाचन अधिकृतले लिनुपर्ने चेतावनी
रुपन्देही । रुपन्देही क्षेत्र नं. २ का सत्तागठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय सच्चाउन माग गर्दै रुपन्देहीका गठबन्धन दलहरुले निर्वाचन अधिकृतको कार्यालयमा पत्र बुझाएको छ । आयोगले नियोजित रुपमा गुरुङको उम्मेदवारी खारेज गरेको भन्दै उनीहरुले निर्णय सच्चाउन र निर्वाचन तालिका नै परिवर्तन गर्न आयोग समक्ष पत्र बुझाएको हो ।
गठबन्धनका दलहरुले निर्वाचन अधिकृत राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको नीजि सचिवालयबाट काजमा आएकाले निर्वाचन स्वच्छ र निष्पक्ष हुन्छ भन्ने आशंका रहेको समेत जनाएको छ । उनीहरुले गुरुङको उम्मेदवारी खारेजी नसच्याए त्यसको परिणामको जिम्मा निर्वाचन अधिकृतले नै लिनुपर्ने चेतावनी पनि दिएका छन् ।
बैंकिङ कसुर देखाएर गुरुङको उम्मेदवारी खारेज गरिएको भएपनि कसुर देखाइएको कम्पनी राजु गुरुङको मात्र नभएर शेयर सदस्य मात्र भएको समाजवादीका नेताहरुले जनाएका छन् । गुरुङ शेयर सदस्य रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन रहेको अदालतले जानकारी गराएको छ ।
सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका गुरुङ नेकपा एकिकृत समाजवादीका रुपन्देही अध्यक्ष हुन् ।
गुरुङलाई अदालतले बैंकिङ कसुरमा २ हजार रुपैँया जरिवाना गरेको र उक्त जरिवाना सहितको भुक्तानी दिनुपर्ने रकम नदिएको प्रमाण फेला परेपछि उनको उम्मेदवारी खारेज गरेको हो।
गुरुङ सहित नेकपा एकिकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनाल सहितका नाममा रहेको कम्पनीले काठमाडौंको सुर्यबिनायकको वेस्ट प्रोजेक्ट कन्स्ट्रक्सन्स एण्ड सप्लार्यस प्रालिका अध्यक्ष अन्जीत बिष्टलाई दिएको चेक बाउन्स भएपछि उनीहरु बिरुद्ध २०७६ साल साउन ६ गते मुद्धा दर्ता गरेका थिए ।
काठमाडौं जिल्ला अदालतले नर्थ वेस्ट नेपाल ईन्फ्रा प्रालिका अध्यक्ष राजु गुरुङ र सन्चालक निर्भिक चित्रकार खनाल, फुर्वा छिरीङ सेर्पा, सन्जिप राई र सक्तीमान डंगोल समेतले दिएको चेक अनादर सक्बन्धी मुद्धामा २०७८ मंसिर १२ गते उनीहरु माथि जरिवाना गर्ने फैसला गरेको थियो।
गुरुङ लगायतलाई जनही २ हजार जरिवना र २ करोड २५ लाख रुपैयाको चेक काटिएको मिति देखि २०७६ साउन ६ गते सम्मको सयकडा १० प्रतिशतका दरले कानुन बमोजिमको ब्याज सहित भुक्तानी दिनुपर्ने फैसला गरेको थियो ।
गुरुङहरुको उक्त कम्पनीले २०७३ साल फागुन २०गते २५ लाख, फागुन ३० गते २५ लाख चैत्र १५ गते २४ लाख, चैत्र ३० गते ५४ लाख, २०७४ बैसाख १५ गते २५ लाख, बैसाख ३० गते ३० लाख, जेठ १५ गते ३५ लाख रुपैया गरी ७ वटा चेक दिएकोमा बैंकमा प्रयाप्त रकम नभएको भन्दै फिर्ता भएपछि उनीहरु बिरुद्ध उजुरी परेको थियो।







डिसी नेपाल








Facebook Comment