कांग्रेसद्वारा बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई ५ वर्ष पार्टीबाट निस्कासन
काठमाडौं । नेपाली कांग्रेसले बागी उम्मेदवार बनेका नेता र तिनका प्रस्तावक र समर्थकलाई ५ वर्ष पार्टीबाट निस्कासन गरेको छ ।
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार बन्ने नेता तिनका प्रस्तावक र समर्थकलाई ५ वर्ष निस्कासन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।
‘प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनदलहरु र मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबीच भएको सहमति अनुरुप नेपाली काँग्रेस पार्टीका आधिकारीक उम्मेदवार लगायत सत्तारुढ गठबन्धन दल तथा मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका बीच भएको सहमतिका आधिकारीक उम्मेदवार विरुद्ध उम्मेदवारी दिइ तोकिएको मिति र समय भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ (१) (घं उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार नेपाली काँग्रेसको सदस्य समेत नरहने गरी ५ बर्षका लागि निस्कासन गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरीन्छ।’ विज्ञप्तिमा उल्लेख छ ।







डिसी नेपाल








Facebook Comment