पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफलाई मनी लन्ड्रिङ मुद्दामा सफाइ
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ र उनका छोरा हम्जा शाहबाजले एफआईए मनी लन्ड्रिङ मुद्दामा सफाइ पाएका छन्।
केही समयअघि लाहोरको विशेष केन्द्रीय अदालतले शहबाज शरीफ र हमजा शाहबाजलाई मनी लन्ड्रिङ मुद्दामा सफाइ दिएको थियो।
एफआईएले नोभेम्बर २०२० मा प्रधानमन्त्री शाहबाज शरीफ, उनका छोरा हम्जा शाहबाज र सलमान शाहबाज लगायत अन्य आरोपीहरू विरुद्ध मनी लन्ड्रिङको आरोपमा मुद्दा दर्ता गरेको थियो।
शाहबाज शरीफ र उनका छोरामाथि १६ अर्ब पाकिस्तानी रुपैयाँको सम्पत्ति शुद्धीकरणको आरोप छ ।
सन् २०२० मा शाहबाज शरीफको जमानत याचिका खारेज भएपछि उनी मनी लन्ड्रिङको मुद्दामा पक्राउ परेका थिए । उनले लाहोरको कोट लखपत सेन्ट्रल जेलमा सात महिना बिताए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment