बाढी पीडित बोकेको बसमा आगलागी, बालबालिकासहित १८ जनाको मृत्यु

डिसी नेपाल
२७ असोज २०७९ १३:५४

कराँची। मनसुनको विनाशकारी बाढीबाट भागेर घर जाँदै गरेको एउटा बसमा आगलागी हुँदा १२ बालबालिकासहित कम्तीमा १८ पाकिस्तानीको मृत्यु भएको अधिकारी र उद्धारकर्मीले बताएका छन्।

पाकिस्तान यस वर्ष अभूतपूर्व मनसुनी वर्षाबाट प्रभावित भएको छ। वर्षाका कारण देशको एक तिहाइ भूभाग जलमग्न भएको थियो भने ८० लाख मानिस विस्थापित भएका थिए । बाढीले २८ अर्ब डलर बराबरको क्षति भएको थियो।

पानी बिस्तारै घट्दै जाँदा हजारौं विस्थापितहरू पुन घर फर्किन थालेका छन्। कराची शहर बाहिर उत्तरतर्फ जाने बसमा राति आगो लाग्दा यात्रुहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *