कानून अनुसार नै अनुगमनका लागि छुट्टै संयन्त्र बनाएको आयोगको दाबी, टोल फ्री नम्बर ११०२ सञ्चालनमा

डिसी नेपाल
२८ असोज २०७९ १८:०५
16
Shares

काठमाडौं । निर्वाचन आयोगले ऐन कानून अनुसार नै आचारसंहिता अनुगमनका लागि छुट्टै संयन्त्र बनाएको दाबी गरेको छ ।

शुक्रबार आयोगमा आगामी निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको कल सेन्टरको शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको बनाएको अनुगमन संयन्त्रमाथि बिभिन्न प्रकारका टिकाटिप्पणी भइरहेको भन्दै कसैले रोईलो गर्दैमा आयोगको संवैधानिक र कानूनी अधिकारमा नियन्त्रण गर्ने कुरालाई स्वीकार नगर्ने स्पष्ट पारे ।

उनले अनुमगनका बिषयलाई लिएर आमसञ्चारमाध्यमको मर्म नबुझेको भन्दै आयोगको मर्यादामागि प्रहार भएको जानकारी प्राप्त भएको बताए । आयोगले संविधानमा उल्लेख पूर्ण प्रेस स्वतन्त्रता बिषय राम्ररी पढेको भन्दै आम संचारमाध्यमलाई निगरानी गर्ने कुनै उदेश्य नभएको उनले बताए । थपलियाले मर्यादीत संस्थाहरुबाट नै आयोगलाई लाञ्छना लाउने काम हुनु गम्भीर बिषय भएको धारणा राखे ।

उनले आयोगलाई साना बिषयमा अल्झाएर कतै निर्वाचनको स्वच्छता भंग खोजेको सकिन्छ कि भन्ने दुष्षाहस कसैले राखेको छ भने त्यो दिवास्वप्न मात्र भएको तर्क गरे। थपलियाले आम सञ्चारमाध्यमको प्रचलित कानून बमोजिम अनुगमन गर्न र त्यसको जानकारी गराउन प्रेस काउन्सीललाई सुझाव दिए ।

आयोगले आन्तरिक प्रयोजकको निम्ती गठन गरेको टीमले कुनै सञ्चारमाध्यमलाई कारवाही गर्न परे काउन्सीललाई लेखि पठाउने उनले बताए ।

मतदाता शिक्षा तथा निर्वाचनसँग सम्बन्धित सरोकारवालाका प्रश्न तथा जिज्ञाशा लिई सम्बोधन गर्न स्थापित कल सेन्टरको स्थापना गरिएको आयोगले जनाएको छ ।निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले शुक्रबारदेखि टोल फ्री नम्बर ११०२ सञ्चालनमा ल्याएको हो । कल सेन्टर २४ घण्टा नै सञ्चालनमा रहने छ ।

यद्यपी तत्कालका लागि कर्मचारीहरु भने दैनिक बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म रहने आयोगको भनाई छ । उनीहरु नभएको अवस्थामा सरोकारवालाको प्रश्न स्वत रेकर्ड हुने व्यवस्था गरिएको थपलियाले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.