हनुमान चरित्रले शाकाहारी बनेका दारा सिंह

डिसी नेपाल
२९ असोज २०७९ ११:५५
836
Shares

मुम्बई । बलिउड अभिनेता दारा सिंह लोकप्रिय धार्मिक टेलिफिल्म ‘रामायण’ मा ‘हनुमान’ को भूमिका निर्वाह गरेर विश्वभर लोकप्रिय बने । तर उनीसँग जोडिएको एक किस्सा भने कमैलाई मात्र थाहा होला ।

हनुमान बन्नकै लागि दाराले जीवनमा एउटा महत्वपूर्ण निर्णय लिएका थिए । उनले ‘रामायण’कै लागि हनुमान हुन शाकाहारी बनेका थिए । त्यसअघि मांसाहारी उनी ‘रामायण’ अवधिभर शाकाहारी नै भएका थिए ।

सुटिङ सकेर घरमा आउँदा अधिकांशले उनको खुट्टा ढोगेका थिए । मानिसहरुले उनलाई हनुमान नै ठानेर पूजा समेत गर्दथे । कुनै समय मन्दिरमा उनका तस्वीर पनि राखिन्थे । मन्दिरमा समेत आफ्नो तस्वीर राखिएपछि उनले सदाका लागि शाकाहारी भोजन अपनाउने निर्णय लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.