घोषणापत्र तयारीका लागि लाँकुरी भन्ज्याङ पुगे ओली, पिङ पनि खेले (तस्बिरसहित)

डिसी नेपाल
२९ असोज २०७९ १५:३०
76
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंसिर ४ को निर्वाचन केन्द्रित घोषणापत्र तयारीका क्रममा लाँकुरी भन्ज्याङ पुगेका छन् ।

घोषणापत्रमा प्राप्त सुझावहरूसहित घोषणापत्र तयारीका लागि पार्टीका नेताहरूसहित अध्यक्ष ओली ललितपुरको लाँकुरी भञ्ज्याङ्गस्थित द टेरेसेस रिसोर्टमा पुगेका हुन् ।

ओलीसँगै एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवाली लगायतका विज्ञ समेत लाँकुरी भन्ज्याङ पुगेका ओलीको सचिवालयले जनाएको छ ।

रिसोर्टमा ओलीले काठमाडौं उपत्यकाको दृश्यलोकन गर्नुका साथै पिङ समेत खेलेका थिए ।

तस्बिरः केपी शर्मा ओलीको सचिवालय




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.