स्वार्थकेन्द्रीत भएर जसपा गठबन्धनबाट बाहिरियोः कांग्रेस प्रवक्ता महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले संविधानको रक्षा र प्रतिगमनलाई रोक्न गठबन्धन बनेकाले देशको आवश्यकता अनुसार गठबन्धन कायम रहने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दैैै महतले गठबन्धन अहिले पनि आवश्यकता रहेकाले चूनावपछि पनि निरन्तर अघि बढ्ने पनि बताए । संविधानलाई संस्थागत रुपमा कार्यान्वयन गर्नका लागि गठबन्धन प्रतिवद्धत रहेको उनको भनाई छ । महतले स्वार्थकेन्द्रीत भएर जसपा गठबन्धनबाट बाहिरिएको धारणा राखे । देशको बिकास र स्थायीत्वका लागि गठबन्धनको सरकारले मुलुकलाई आगामी दिनमा अघि बढाउने उनको भनाई छ ।
त्यस्तै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले देशको आवश्यकता र देशको संविधानको रक्षाका लागि गठबन्धन जम्मिएको भन्दै अहिले पनि देशमा गठबन्धनको आवश्यक रहेको धारणा राखे । कांग्रेस माओवादी नमिले फेरी मुलुकमा प्रगितमन गर्ने खतरा रहेको उनको भनाई छ ।
महराले अहिलको गठबन्धनलाई २० बर्षसम्म पनि संगै अघि बढाउनुपर्ने धारणा राखे ।







डिसी नेपाल








Facebook Comment