एमालेले गरेका कामलाई अरु दलले आफुले गरेको भनेर प्रचार गरको राजन भट्टराईको आरोप
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईले एमालेले गरेका कामलाई अरु दलले आफुले गरेको भनेर प्रचार गररहेको बताएका छन् ।
शनिबार काठमाडौंमा काठमाडौं क्षेत्र नम्बर ४ को निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा भट्टराईले झुटको खेतीको गरेर मत बटुल्ने काम नगर्न सुझाव पनि दिए ।
काठमाडौंको कमलपोखरी बनाउन रोक्न सक्रिय हुनेहरुले नै एमालेले बनाएको कमलपोखरीलाई देखाएर मत बटुल्ने प्रयास भएको उनको भनाई छ । उनले काठमाडौं ४ मा एमालेबाहेक अरु असैले बिकास गर्न नसकेको दाबी गरे ।
उनले जनसहभागीतालाई बढाएर अपुरा कामलाई पुरा गर्ने बताए । प्रतिनिधिसभा र प्रदेशसभाबाट राष्ट्रिय रुपमा जनतामाझ पुगेर मुलुकको बिकास गर्नुपर्ने उनको भनाई छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment