प्रदेश सभा निर्वाचनतर्फको ३३० मध्ये १५८ स्थानमा महिलाको उम्मेदवारी शून्य

डिसी नेपाल
३० असोज २०७९ ११:३२
24
Shares

काठमाडौं। आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा महिला उम्मेदवारको उपस्थिती निराशाजनक रहेको पाइएको छ।

निर्वाचन आयोगका अनुसार सात प्रदेशमा ३३० सीटको लागिको हुने निर्वाचनमा ३ हजार २२३ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारी दिनेमध्ये २ हजार ९४३ जना पुरुष छन् भने २८० जना महिला।

परेको कुल उम्मेदवारीमध्ये महिलाको संख्या मात्र ८.६८ प्रतिशत रहेको छ। आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेश सभाका ३३० सीटमध्ये १५८ वटामा एक जना महिलाको पनि उम्मेदवारी परेको छैन। अर्थात करिव आधा सीटमा एक जना पनि महिला प्रतिस्पर्धामा उत्रिएका छैनन् । कुलकाे ४७.८७ प्रतिशत सीटमा महिला उम्मेदवारी सून्य रहेकाे छ।

प्रदेश सभाका कुल सीटमध्ये १०८ वटामा मात्र एक-एक जना महिलाले उम्मेदवारी दिएका छन्। ३९ वटा सीटमा महिला उम्मेदवारको संख्या दुई-दुई जना रहेको छ। यस्तै, प्रदेश सभाको १३ सीटमा महिला उम्मेदवारको संख्या तीन-तीन जना रहेको छ। पाँच सीटमा महिला उम्मेदवारको संख्या चार-चार जना रहेको छ भने सात सीटमा महिला उम्मेदवार पाँच–पाँच जना रहेका छन्।

प्रदेश सभातर्फ प्रदेश नं.१ मा ५२, मधेश प्रदेशमा ७४, बागमती प्रदेशमा ८०, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा २९, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा १३ जना महिलाले उम्मेदवारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.